कृषिमा रमाउदै पूर्व मन्त्री बिष्ट

कृषिमा रमाउदै पूर्व मन्त्री बिष्ट

राजनीति छाडेर कृषिमा लागेका पूर्वमन्त्री लोकेन्द्र बिष्ट अहिले कृषिमा हार खाका र स्वदेशमै कृषिमा लागेर केहि गर्छु भन्ने युवाहरुको प्रेरणा बन्दै गएका छन् । नेपालको राजनीतिमा अहिले युवाहरुको बढ्दै गएको निराशाले पूर्वमन्त्री बिष्टलाई समेत छोयो, चार वर्ष पहिले मूलधारको राजनीतिबाट टाढिर बिष्ट अहिले देशकै नमुना कृर्षकका रुपमा चिनिन्न थालेका छन् ।

विद्यार्थी जिवन देखिनै राजनीतिमा लागका लोकेन्द्र विष्ट मगरले राजनीति चार दशक बिताए, पुर्णविराम लागाए । बिष्ट आफै चटक्कै राजनीति छाडेर सक्रिय कृषिमा लाग्न थालेका छन् । उनी पार्टीको उच्च तहसम्म पुगरे, सांसद, हुँदै मन्त्री समेत भएका थिए । बन्दुकको नालबाट राज्य सत्ता कब्जा गर्ने भन्दै बन्दुक बोके र हिडेका बिष्ट यतिबेला ड्रागन फ्रुटको खेतीमा रमाएका छन ।

शान्ति प्रक्रियामा आउँदा दशक लामो द्वन्द्वका उपलब्धि रक्षा गर्र्दै, क्रान्तिका बाँकी काम सदन र सरकारबाट पूरा गर्ने र नभए फेरि फर्केर क्रान्ति गर्ने सर्तमा युद्धलाई विश्राम दिएको हो विष्ट भन्छन् । तर यी काम केही पनि भएनन् । बिष्टले राजनीति छाडे ।

दुई वर्षअघि दाङ झरे तुलसीपुर–१८ बिजौरीमा ८४ कट्ठाजग्गा भाडामा लिएर धान खेती गरे । त्यसपछि गत वर्षदेखि ६६ कट्ठा जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती थाले । रातो र सेतो गरि सात हजार ड्रागन फ्रुटका बिरुवा लगाएको उनले जानकारी दिए । फल प्रतिकेजी ७ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

ड्रागन फ्रुटको नेपालमा सफल उत्पादन भइसकेको छ । यो सिउँडी प्रजातिको फल हो । अहिले पनि ठूलाठूला होटेलमा डेजर्टका रूपमा प्रयोग भइरहेको छ । यसबाट जाम, वाइन, चकलेट, बिस्कुट, पाउडर र फेसवास लगायत बनाउन सकिन्छ ।

यो फल जेठ असारदेखि मंसिरसम्म पाँचदेखि सात पटकसम्म फल्ने गर्छ । यसको फूल रातिमा फुल्ने भएकाले यसलाई रातकी रानी पनि भन्ने गरिन्छ । यसको हाँगा काटेर रोप्न सकिन्छ । अहिले यो फल ९५ प्रतिशत विदेशबाटै आउने गरेको छ ।

तीन जनाको लगानीमा रहेको यो खेती १५ वर्ष पछि प्रतिव्यक्ति चार करोड फाइदा गरेर बाँड्ने लक्ष्य रहेको बिष्टले बताए ।

सम्बन्धित खवर