अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि शव उठ्न सकेको छैन। मृतकका आफन्तहरु एवम् स्थानीयले आजपनि विहानैदेखि विनायक बजार बन्द गराएका छन ।
धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो । प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ ।
हत्याराको पत्ता नलागेसम्म शव उठाउन नदिने आफन्तको अडानका कारण हालसम्म पोष्टमार्टम समेत हुने सकेको छैन । अछाम प्रशासन, प्रहरी र स्थानीय तह र स्थानिय अगुवाहरुले शवको पोस्टमार्टमका लागी पहल गरिरहेका छन ।
प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछाम प्रहरी प्रमुख डिएसपी दीपक भारती, नगर उपप्रमुख अम्बिका चलाउने , नेकपाका प्रदेश सदस्य नन्द बहादुर कडायत, नेपाली कांग्रेस अछामका सभापतति भरतकुमार स्वाँरलगायत आफन्तहरुले बुधबार विभिन्न चरणमा छलफल गरेपनि निस्कर्षमा पुग्न सकेका छैनन ।
