सशस्त्रले धनुषामा उठायो तीन करोड बढी राजश्व

सशस्त्रले धनुषामा उठायो तीन करोड बढी राजश्व

सशस्त्र प्रहरी धनुषाले ६ महिनामै तीन करोड भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले गत साउनदेखि माघ २० गतेसम्ममा तीन करोड भन्दा बढी राजश्व संकलन गरेको हो
सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीका अनुसार ७ महिनामै ३ करोड १९ लाख ४४ हजार ७५६ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए। गत आर्थिक वर्षभन्दा झण्डै तीन गुणा बढी राजश्व संकलन गरेको प्रहरी उपरीक्षक उप्रेतीले दाबी गरे ।
गत आर्थिक वर्षमा सशस्त्रले कुल १ करोड ७९ लाख ३ हजार ८४९ रुपैयाँ राजस्व संकलन गरेका थिए । तर, चालु आवको ७ महिनामै झण्डै साढे तीन करोड राजश्व संकलन गरिएको तथ्यांकले देखाएको छ । सशस्त्रले यस आर्थिक वर्षको साउन मसान्तमा उल्लेख्य राजस्व संकलन गरेको छ ।
साउन मसान्तमा ७१ लाख ४१ हजार ३६०, भदौमा २३ लाख ८१ हजार ५२१, आश्विनमा ४१ लख २१ हजार ५११, कार्तिकमा ७६ लाख ९९ हजार ८३८, मंसिरमा ४४ लाख १७ हजार ४४१, पुषमा २४ लाख ३१ हजार ८०५ रुपैयाँ राजश्व संकलन भएको सशस्त्र प्रहरीको तथ्यांक छ ।
उठेको राजश्व जनकपुर भन्सार कार्यालयलाई बुझाएको प्रहरी उपरीक्षक उपे्रतीले जानकारी दिए । यस्तै, सशस्त्र प्रहरीले सोही अवधिमा तस्करी हुन लागेका ५८ किलो २ सय ग्राम चाँदी सिमा नाका क्षेत्रबाट बरामद गरेको छ। सशस्त्रको तथ्यांकले धनुषामा अत्यधिक मात्रामा चाँदीको तस्करी भइरहेको देखाएको छ ।
यस्तै १ सय २६ ग्राम सुनका गरगहना समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक उप्रेतीकाअनुसार बाघको छाला १ थान, हतियार २ थान, चारपाङ्ग्रे सवारी ५ थान, मोटरसाइकल ४७ थान र साइकल १५ थान समेत बरामद भएको छ ।

सम्बन्धित खवर