२२ माघ, गढवा राजपुर गाउँपालिका वडा नं ७ पटौलीमा नाका स्थित मारुरीखोलाबाट बुधवार बिहान करिव १ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय गढवाले अवैध सालको काठ बरामद गरेको छ । अधैव रुपमा सालको काठ निकासा हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त सालको काठ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार काठ छोडेर तस्करहरु फरार भएको अवस्थामा काठ फेला परेको जानकारी दिए । उक्त काठ आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय पठाईने प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए ।