मोरङमा १३ प्रतिशत हातिपाईले प्रभाबित, एक प्रतिशतमा झार्न नवौँ पटक औषधी खुवाईँदै

मोरङमा १३ प्रतिशत हातिपाईले प्रभाबित, एक प्रतिशतमा झार्न नवौँ पटक औषधी खुवाईँदै

मोरङका अझै धेरै ठाउँ हात्तीपाईले रोगबाट प्रभाबित क्षेत्रको रुपमा रहेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य सेवा बिभाग अन्तरगत ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक बर्ष अघि गरेको अध्ययनले मोरङ जिल्ला अझै हात्तीपाईले प्रभाबित क्षेत्रको रुपमा रहेको आधारमा यो बर्ष पनि औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार डाइनिया, मझारे, दादरबेरीया, टकुवा बढी प्रंभाबित क्षेत्रको रुपमा देखिएको छ । यसरी प्रभावित पालिकाहरुमा बढी लामखुट्टे देखिएको क्षेत्रमा हात्तीपाईलेको संक्रमितहरु ब्ढी पाईएको बस्नेतले बताउनुभयो ।
रंगेली र सुनबर्षी नगरपालिकाको दक्षिणी क्षेत्रमा औषधी पनि नखाने र खाएकाहरुले पनि नियमित औषधि सेवन नगरेको पाईएको हो ।
हात्तीपाईलेको प्रभाबित जनस्वास्थ्य समस्याको रुपमा नरहनका लागि एक प्रतिशत भन्दा तल हुनु पर्नेमा ब्यवस्था रहेको छ । मोरङ जिल्लामा १३ प्रतिशत अझै प्रभाबित रहेको तथ्यांकमा देखिएपछि समस्याग्रस्तको रुपमा लिइर्एएको प्रमुख बस्नेतको भनाई छ ।
सर्बेक्षण तथा अध्ययनका आधारमा मोरङमा प्रभाबित १३ प्रतिशत देखिएपछि त्यसलाई १ प्रतिशतमा झार्नको लागि नवौँ पटक पनि औषधी खुवाउने कार्यक्रम गर्न लागिएको बस्नेतले बताउनुभयो ।
हात्ती पाइईले बिरुद्धको औषधी खुवाउने नवौँ अभियान माघ २५ गतेबाट सुरु हुनेछ । हरेक घरघरमा अभियान पुर्याउनको लागि ५ हजार स्वास्थ्यकर्मी र स्वयमसेवक परिचालित हुदैछन् ।
स्वास्थ्य कार्यालय मोरङले हात्तीपाईले बिरुद्धको औषधि सेवन अभियान बारेमा जानकारी दिन आयोजित कार्यक्रममा मोरङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेकोमा औषधी खुवाउनु पर्ने जनसंख्या ९ लाख २४ हजार ५ सय ६२ रहेको बस्नेतको भनाई छ । औषधी खुवाउनु पर्ने सबै ब्यक्तिसम्म यो अभियान पुर्याउनको लागि सबैको साथ र सहयोगको खाँचो रहेको उहाँले औल्याउनुभयो ।
अभियानको पहिलो दिन टोलको पायक पर्ने स्थानबाट औधषी वितरण गरिने र अन्य दिन घरदैलोमा गएर औषधी सुवाउने कार्यक्रम रहेको बस्नेतले बताउनुभयो ।

सम्बन्धित खवर