आइसिसी क्रिकेट वर्ल्ड कप लिग टुमा नेपालले ओमानविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान टस जितेको नेपालले फिल्डिङ रोजेको छ। खेल केही बेरमा सुरु हुनेछ ।
एक दिवसीय अन्तर्रा्ष्ट्रिय सिरिजमा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन्। नेपाली टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, सुशान भारी, रोहितकुमार पौडेल र शरद भेषावकर प्लेइङ इलाभेनमा छन्।
