राजेन्द्र महतो, लहान
सशस्त्र प्रहरी बल नेपाल सिरहाले नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा दसगजामा बिजोर नम्बरका सीमा स्तम्भ राखिने कार्य शुरु गरेको छ। दसगजामा सानो देखिएका, हराएका र भत्केका ठाउँमा यस्ता नयाँ पिलर राख्ने कार्य सुरु गरिएको हो।
सशस्त्र प्रहरी बल नं. ७ गण हे क्वा, सिरहाका एसपी प्रविण कडेँलले सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्ने कार्य सुरु गरिएको बताउदै आइतबारसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको बताएका छन् । ३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने समेत उनले बताए ।
सीमा सर्वेक्षण टोलीको उपस्थितिमा निर्माण कार्य जारी रहेको भन्दै उनले नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटने बताए।