सखुवानन्कारकट्टी गाउँ पालिकामा दोस्रो झन्डा महोत्सव हुने

सखुवानन्कारकट्टी गाउँ पालिकामा दोस्रो झन्डा महोत्सव हुने

राजेन्द्र महतो, लहान

‘‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’’ को नारा सहित सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकाले दोस्रो सखुवानन्कारकट्टी झन्डा महोत्सव मेला २०७६ आयोजना गर्ने भएको छ। गाउँपालिकाले आज (मंगलबार) एक पत्रकार समेलन्न गर्दै सखुवानन्कारकट्टी गाउपालिका ५ महेश्बारी (थाना चौक) मा माघ २३ गते देखि फाल्गुन ३ गते सम्म झन्डा महोत्सव मेलाको आयोजना रहने बताएका छन् ।

माघ २३ गते देखि शुरु हुने झन्डा महोत्सव २०७६ को उदघाटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्प कमल दहाल (प्रचण्ड) ले गर्ने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

अध्यक्ष यादवले स्थानीय भेष भुषा तथा संस्कृति झल्किने गरि महोत्सवको उद्घाटन माघ २३ गते बिहान ८ बजे हजारौंको संख्यामा किशोरी, महिला तथा आमा समूहहरुको सहभागितामा कलश यात्राको आयोजना गरिने बताएका छन् ।
१० दिन सम्म चलने झन्डा महोत्सवमा विभिन्न कृषि औजार तथा उपकरणहरु, विभिन्न उपभोगय समानहरु, लत्ताकपडा, घरायसी तथा दैनिक प्रयोजनका बिबिध सामग्रीहरुको प्रदर्सनीका साथै स्थानीय कला र संस्कृति झल्किने किसिमको मनोरञ्जनात्मक संस्कृतिक कार्यक्रम आयोजना गरिने अध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताए ।

सम्बन्धित खवर