पथरी, उर्लाबारीका पत्रकार तेजन खड्कालाई सामाजिक संजाल मार्फत ज्यान मार्ने धम्की आएको छ । पत्रकार खड्कालाई ybf knot नामको फेसबुक आइडिबाट घाँटी काट्ने सम्मको धम्की आएको हो । ‘तेरो घाटि चाडैं छिन्छ, पख मा…..ने (अपशब्द) त जहाँ भए नि सेभ छैनस’ म्यासेजमा लेखिएको छ, ‘तेरो टाउको छिनाल्छु, …..जि (अपशब्द) मेरो यो च्यालेन्ज भयो ।’फेसबुकमा म्याजेस आएसंगै पत्रकार तेजनले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएका छन् । खड्काले प्रहरीलाई सत्य तथ्य छानबिन गरी कार्वाहीका लागि उजुरी दर्ता गराएका हुन् । कस्ले र किन यस्तो हर्कत गर्यो भन्नेबारे आफु अनभीज्ञ रहेको पत्रकार खड्काले बताए ।
सत्य तथ्य समाचार लेख्दा गाली गौलज आकै हो, तर मार्छु भनेर चाहिँ पहिलो पटक यस्तो धम्की आयो, खड्काले भने । यसैबिच खड्कालाई यस्तो धम्कि आएपछि उर्लाबारीका अग्रज पत्रकार केदार चौहानको अगुवाईमा संचार क्लबका अध्यक्ष सरोज बस्नेत, मिलन के राउत, जगन्नाथ भट्टराई, किसोर श्रेष्ठ सन्तोस बिष्ट लगायत प्रहरी प्रसाशन पुग्दै उजुरी दिएका हुन् । पत्रकार चौहानले भने, समाचारमा चित नबुझे कानुनी कारबाही खोज्नु, तर यस्तो धम्की दिन पाइदैन । उर्लाबारीका प्रहरी प्रमुख सुवास राइले घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।