१ विकेट वापत ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा

१ विकेट वापत ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा

लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको  ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक दिवसिय त्रिकोणात्मक सिरिजमा आफुले लिने १ विकेट वापत ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाली क्रिकेटको भविष्यको लागि पहिलो पटक सहयोग गर्न लागेको छु, आईसीसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँगको खेलमा लिने प्रत्येक विकेट वापत ८ हजार ८ सय ४८ रुपैंयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने घोषणा गर्दछु, सन्दीपले भनेका छन् । नेपाली क्रिकेटलाई समर्थन गर्न र धेरै विकेट लिनको लागि शुभकामना दिन उनले भनेका छन् ।

सन्दीप माघ २२ देखि २९ गते सम्म टियु क्रिकेट मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि मेलबर्न स्टार्सबाट क्वालिफयार खेल छाडेर नेपाल आएका थिए ।

बिग ब्यासको लिग चरणको १४ खेल मध्य सन्दीपले १३ खेल खेलेका थिए । सन्दीपले सामान्य चोटका कारण एक खेलमा विश्राम गर्नु परेको थियो । सन्दीपले १३ खेलमा ४५ ओभर बलिङ गर्दै ३ सय ३५ रन खर्चेर १५ विकेट लिएका थिए ।

सम्बन्धित खवर