भन्सार छलि ल्याउदै गरेको एक सय पचास किलोग्राम कुखूरा सहित १२ क्रेट अण्डा बरामद

भन्सार छलि ल्याउदै गरेको एक सय पचास किलोग्राम कुखूरा सहित १२ क्रेट अण्डा बरामद

इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको एक सय पचास किलोग्राम कुखूरा सहित १२ क्रेट अण्डा बरामद गरेको छ । मङ्गलबार बिहान भारतबाट कंचनपुरको बेलौरी नगरपालिका वडा नं. ६ भुराकोट हुदैँ नेपाल भित्रिदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले एक सय पचास किलोग्राम कुखूरा सहित १२ क्रेट अण्डा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनुभयो । बरामद गरिएको कुखुरा पशु क्वारान्टाइन चेक पोष्ट बेलौरी, उद्योग वाणिज्य संघ बेलौरी तथा पत्रकारहरुको रहोबरमा नष्ट गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

 

सम्बन्धित खवर