लागूऔषधसहित एक युवा पक्राउ

लागूऔषधसहित एक युवा पक्राउ

उदयपुर । उदयपुरमा सोमबार साँझ ५ः१५ बजेको समयमा त्रियुगा नगरपालिका १३ असारी दनुारी टोलमा लागूऔषधसहित एक युवा पक्राउ परेको छ ।

प्रहरीले बा ३१ प ६६७८ नम्बरको मोटर साइकल चेक जाँचको क्रममा त्रियुगा नगरपालिका १३ बस्ने २६ वर्षिय नारायण चौधरी लागूऔषध सहित पक्राउ परेको छ । उनको साथबाट डाईजोल्याब ३३ एम्पुल, लेबल बिनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल सहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

सम्बन्धित खवर