किसानले उत्पादन गरेको तरकारी बिक्री नभएमा नगरपालिकाले खरिद गर्ने

किसानले उत्पादन गरेको तरकारी बिक्री नभएमा नगरपालिकाले खरिद गर्ने

सिन्धुली २१ माघ – कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले किसानले उत्पादन गरेको तरकारी बिक्री नभएमा नगरपालिकाले खरिद गर्ने बताउनु भएको छ ।

कमलामाई नगरपालिका –६ तरकारी उपज बजारमा निर्माण गरिएको तरकारी चिस्यान भण्डारको उदघाटन कार्यक्रममा सम्बोधन गर्दैे मेयर खत्रीले किसानको मेहनत खेर जान नदिने उत्पादन भएको तरकारी बिक्र नभएको अबस्थामा नगरपालिकाले खरिद गरेर बजार खोज्ने काम गर्ने र किसान हरुलाई निराश हुने दिन र कृषि प्रतिको बितृष्णा हटाएर सबैलाई स्थानीय सरकार आएका प्रत्याभुत गराउने बताउनु भयो ।

खत्रीले नगरपालिकाले कृषिको क्षेत्रमा ब्यापक बजेट बिनियोजन गरेर तरकारीमा आत्मानिर्भर बनाउने लक्ष्य राखेको बताउनु भयो । उहाँले भन्नुभयो “कृषक तथा तरकारी व्यापारीहरुको समस्या समाधानका लागि उक्त तरकारी फलफुल चिस्यान कक्ष सञ्चालन ल्याइएको हो । ”

तरकारी फलफुल चिस्यान कक्षले तरकारीहरु लाई सुरक्षित भण्डारण तथा ताजा राखी कृषक तथा तरकारी व्यापारीहरुको समस्या समाधानका साथै तरकारी बजार मुल्यलाई सन्तुलन राख्ने बिश्वास लिएका बताउनु भयो । आवश्यकता हेरि भविष्यमा थप तरकारी फलफुल चिस्यान कक्ष निर्माण गर्ने र यसको सञ्चालनलाई निरन्तरता दिने उहाँ भनाई थियो ।

कार्यक्रमका तरकारी उपज बजार सञ्चालक समिति अध्यक्ष नरेश देबकोटा उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, मुल्य श्रृंखला विकास आयोजनाका राज कुमार अधिकारी लगाएतको सहभागीता रहेको थियो ।

कमलामाई नगरपालिका र फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा चिस्यान भण्डार निर्माण गरिएको हो ।

सम्बन्धित खवर