पाँचखालमा बाघ आक्रमणबाट १४ जना घाईते

पाँचखालमा बाघ  आक्रमणबाट  १४ जना घाईते

काभ्रे : पाँचखालमा बाघले  आक्रमण गर्दा १४ जना घाईते भएका छन् । हिजो आईतबार विहानबाट आक्रमण सुरु गरेको बाघले आज सोमबारबार दिउंसो सम्ममा १४ जनालाई घाईते गराएपछि स्थानिहरुले बाघलाई मारेका छन् ।

मंगलवार विहान ९ बजेवाट पाँचखाल वडा नं ६ को गहते फाँटमा वाघले पुन आक्रमण गर्न थालेपछि स्थानियले पाँचखाल प्रहरीलाई जानकारी गराएको थिए । बाघले आक्रमण गरी पहिलो घाईते हुनासाथ प्रहरीलाई जानकारी गराउँदा प्रहरी नआएपछि एक पछि अर्को गर्दै मंगलवार ९ जनालाई घाईते गराउँदा समेत पाँचखाल प्रहरी नआएपछि स्थानियहरुले दिउँसो ४ बजेको समयमा प्रहरी प्रति रुष्ट हुँदै थप आक्रमण गर्ने डरले घरेलु हतियार प्रहार गरी मारेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खवर