दसगजामा नयाँ पिलर राख्ने कार्य सुरु

दसगजामा नयाँ पिलर राख्ने कार्य सुरु

 

राजेन्द्र महतो लहान माघ २० गते

सशस्त्र प्रहरी बल नेपाल सिरहाले नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा दसगजामा बिजोर नम्बरका सीमा स्तम्भ राखिने कार्य शुरु गरेको छ।दसगजा मा सानो देखिएका, हराएका र भत्केका ठाउँमा यस्ता नयाँ पिलर राख्ने कार्य सुरु  गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे क्वा, सिरहाका एसपी प्रविण कडेँलले सिरहा नगरपालिका- १६ माडरबाट नयाँ पिलर राख्ने कार्य सुरु गरिएको बताउदै आइतबारसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको बताएका छन। वहाँ ले ३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने समेत बताएका छ्न। सीमा सर्वेक्षण टोलीको उपस्थितिमा निर्माण कार्य जारी रहेको भन्दै वहाले नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटने बताएका छन।

सम्बन्धित खवर