रतुवामाई ।
विगत चार वर्षदेखि ग्रामीण क्षेत्रमा रहेर विपन्न वर्गका महिलाहरुलाई सामुहिक जमानिमा आवद्ध गराई लघु कर्जा र बचत कारोबार गरी सेवा प्रदान गरिरहेको स्वदेशी लघुवित्त संस्था लिमिटेड शाखा कार्यलय इटहरा ३, मोरङले ग्रामिण स्तरका महिलाहरुको स्तर उन्नतिको लागि वित्तिय साक्षरता सम्बन्धि एक दिने केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।
स्वदेशी लघुवित्त भौडाहका शाखा कार्यलय प्रमुख भोजराज न्यौपानेको अध्यक्षतामा रतुवामाई वडा नं. ९, स्थित सर्वेस्वर मन्दिरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
रतुवामाई वडा नं ९ का वडाध्यक्ष इन्द्रबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त कार्यक्रममा सुनाखरी मिडिया प्रा.लिका अध्यक्ष मेघराज शर्मा कट्टेल, स्वदेशी लघुवित्त क्षेत्रिय प्रबन्धक हरीसचन्द्र पौडेल, इलाका प्रहरी कार्यलय भौडाहका इन्चार्ज हरीकुमार बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।
इटहरामा शाखा कार्यलय रहेर यस संस्थाले रतुवामाईसँगसँगै सुनबर्षी र उर्लाबारी नगरपालिकामा समेत सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वदेशी लघुवित्तका क्षेत्रिय प्रबन्धक हरीसचन्द्र पौडेलले गरिबी निवारण संस्थाको मुख्य उद्येश्य रहेको पनि प्रष्ट पार्नुभयो । आगमी दिनमा पनि यस संस्थाले सदस्यहरुको लागि यस्ता विभिन्न तालिमहरु प्रदान गर्ने पनि प्रबन्धक पौडेलले बताउनुभयो ।
सय बढी मानिसहरुको उपस्थिति रहेको कार्यक्रममा शाखा प्रमुख भोजराज न्यौपानेले संस्थाको आर्थिक क्रियाकलाप प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा विभिन्न स्थानबाट सहभागी प्रशिक्षार्थीहरुलाई कुखुरा पालन तालिम , मुडा बनाउने, जुत्ता चप्पल बनाउने, गलैँचा कार्पेट जस्ता सामाग्री बनाउन, च्याउ खेति गर्न सल्लाह सुझाव समेत प्रदान गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।