१२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २८ गते देखि ।

१२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २८ गते देखि ।

माघ २०, रतुवामाई ।
रतुवामाई नगरपालिकाको आयोजनामा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १२ आँै संस्करण सरस्वती मा.वि. रतुवामाई ६, कादुपाडामा हुने भएको छ ।

स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिकाभित्रका सबै माध्यमिक, सामुदायिक तथा संस्थागत विद्यालयहरुले भाग लिन पाउनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १२ आँै संस्करण माघ २८, २९ र फागुन १ गतेसम्म संचालन हुने रतुवामाई नगरपालिकाका विद्यालय निरिक्षक सुरेश निरौलाले जानकारी दिनुभयो ।

रतुवामाई नगरपालिकाका नगरप्रमुखको संयाजकत्वमा स.चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलहरु हुनेछन् । १२ आँै संस्करणको प्रतियोगिता व्यवस्थापन र संचालन भने सरस्वती मा.वि. कादुपाडाले गर्ने सरस्वती माधयमिक विद्यालयका प्रधानाध्यापक यज्ञनाथ भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर