प्रदेश १ को ३ जिल्लामा हातीपाईले रोग बिरुद्धका औषधी खुवाईदै

प्रदेश १ को ३ जिल्लामा हातीपाईले रोग बिरुद्धका औषधी खुवाईदै

राजकुमारी तामाङ
प्रदेश नम्बर १ को ३ जिल्ला ( झापा , मोरङ र धनकुटा) मा हातीपाईले रोग बिरुद्धको औषधी खुवाईदै छ । हातीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत सो औषधी खुवाउन लागिएको हो ।
यस अभियान अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि अभियान सञ्चालन गर्दै छ । माघ २५ गतेबाट यसको औपचारिक उदघाटन भई एक साता सम्म कार्यक्रम सञ्चालन रहने नगर प्रमुख दिलीप कुमार राईले बताए । यो अभियानमा सम्पुर्ण नगरबासीले साथ दिई नगरलाई हाती पाईले रोग उन्मुलन नगर बनाउन पनि आव्हान गरेका छन् ।
यस्तै गत वर्ष औषधी खुवाए पनि नियन्त्रण आउन नसकेपछि पुन ः कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए । उनले नगरपालिका औषधी खुवाउनेमा उत्कृष्ट नगर भएता पनि सुनवर्षी नगरमा परिक्षण गर्दा १३ प्रतिशत बिरामी रहेकाले आफनो नगर फेल भएको बताए ।
नगर अस्पतालका डाक्टर सावन मेहताका अनुसार हात्तीपाइले रोगबाट बच्न प्रयोग हुने औषधि पूर्णरूपमा सुरक्षित भएकोे बताएका छन्। उनले सामान्य टाउको दुखे , वान्ता आउन खोजे सो रोग विरुद्ध औषधीले काम गरेका ठान्न अनुरोध गरेका छन् तर, हात्तीपाइले रोगको औषधि खाली पेटमा सेवन गर्न हुँदैन उनले भने ।
दुई वर्ष उमेर नपुगेका बालालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलोजोको, मृगौला र फोक्सोको दीर्घ रोग, छारे रोग भएका विरामीले भने यो औषधि खान नहुँने डा . मेहेताको भनाई छ ।
हातीपाइले रोगको औषधी ६ वर्ष सम्म खुवाए पुग्ने भनिएता पनि बिगत ९ वर्ष देखि नगरमा खुवाईदै आइरहेको छ । सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ ।

सम्बन्धित खवर