ए डिभिजन लीग ः पुलिस र आर्मी भिड्दै

ए डिभिजन लीग ः पुलिस र आर्मी भिड्दै

सहिद स्मारक ए डिभिजन लिग फूटबलमा आज पनि दुईवटा खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लब भिड्दैछन्।
१२ अंक भएको संकटा आठौं स्थानमा छ भने हिमालयन शेर्पा ७ अंकसहित १२ औँ स्थानमा छ। दशरथ रंगशालामै दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा अंक तालिकाको दोस्रो स्थानको विभगीय टोली त्रिभुवन आर्मी अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग भिड्दैछ।
आर्मी शीर्ष स्थानमा फर्किन आजको खेल जित्नै पर्ने दबाबमा हुनेछ भने पुलिस पनि स्पष्ट जितसहित शीर्ष ५ टोलीभित्र पर्ने उद्देश्यसहित मैदान प्रवेश गर्नेछ। पुलिस १४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लबको २२ अंक, दोस्रो स्थानको आर्मीको २० अंक तथा तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको १९ अंक छ।

सम्बन्धित खवर