मोरङमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

मोरङमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

मोरङको पथरीशनिश्चरेबाट प्रहरीले छोरी बलात्कार गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे ६ का अधिकारी थरका व्यक्तिलाई जबरजस्ती करणिको आरोपमा नियन्त्रणमा लिएको हो । पथरी प्रहरीका अनुसार पिडकले आफ्नै छोरीलाई गतहप्ता जबरजस्ती करणिको प्रयास गरेका थिए ।
छोरी कै उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पिडकलाई बलात्कार मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर