वीपी प्रतिष्ठानबाट रिफर भएका बिरामीमा कोरोना नभएको पुष्टी

वीपी प्रतिष्ठानबाट रिफर भएका बिरामीमा कोरोना नभएको पुष्टी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका एक बिरामीलाई कोरोना भाइरस संक्रमण नभएको चिकित्सकले बताएका छन् ।
ज्वरो र घाँटी दुखेर उपचारका लागि पुगेका उनलाई प्रतिष्ठानको मेडिसिन विभागका चिकित्सकले कोरोना भाइरस संक्रमणको आशंकामा गत बिहीबार काठमाडौंको टेकु अस्पताल रिफर गरेको थियो ।
टेकु अस्पतालमा डाइग्नोसिस गर्दा उनको सेतो रक्त कोषिका बढेको, फोक्सोको केही भागमा संक्रमण भएको र उच्च रक्तचाप भएको पत्ता लागेको रिपोर्ट चिकित्सकले दिएको बिरामीका श्रीमतीले बताएकी छन् ।
उनले भनिन, ‘अस्पतालमा कुनै आइसोलेशन वार्डमा नराखी जनरल वार्डमै राखेर उपचार भइरहेको छ । आज शनिबार नै डिस्चार्ज दिने तयारी भएपनि चिकित्सकले नभ्याएर अहिलेसम्म डिस्चार्ज भएको छैन ।
उनले प्रतिष्ठानमा एक्सरे र रगतको जाँच समेत गरेको तर, चिकित्सकहरुले फोक्सोको एक भागमा संक्रमण भएको र सेतो रक्त कोषिका बढेको समेत पत्ता लगाउन नसकेर कोरियाबाट आएकै भरमा कोरोना भाइसरको शंका गरेर अनावश्यक झमेला दिएको बताइन् ।
उनले सञ्चारमाध्यमले पनि कोरोना भाइरस संक्रमण भएजतिकै प्रचार गरेर झन तनाव दिएको गुनासो गरिन् ।

सम्बन्धित खवर