सुनसरीको तित्रृबनामा बस र हाएस गाडी दुर्घटना भएको छ । इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । तर मृतकको नाम थर भने खुल्न सकेको छैन । शवहरु गाडीमा चेपिएको कारण निकाल्न कठिन भईरहेको जनाएको छ । कपुरी न्युज
