लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दै

लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबल शनिबार शीर्ष स्थानको लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।

लिभरपुलले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति ८:४५ मा सुरु हुनेछ ।

साउथह्याम्पटनविरुद्ध जित निकाल्दै लिभरपुल घरेलु मैदानमा लगातार २० औं जित निकाल्ने लक्ष्यमा हुनेछ । यस्तै लिभरपुल उपाधि नजिक पुग्नेछ ।

लिभरपुल २४ खेलमा ७० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिभरपुल लिगमा अपराजित एक्लो टिम हो ।

यता, साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ । साउथह्याम्पटनले २४ खेलमा ३१ अंक जोडेको छ । साउथह्याम्पटन घरेलु टोलीलाई रोक्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

लिग अन्तर्गत लेष्टर सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वुल्भ्सको सामना गर्दा एभर्टन र वाट्फोर्डबीच खेल हुनेछ ।

यस्तै बर्नेमाउथले एस्टन भिल्ला, क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेड, न्युकासलले नर्विच र वेष्ट ह्यामले ब्राइटनसँग खेल्नेछ ।

सम्बन्धित खवर