सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार

सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार

बाजुरा । जिल्लाको साप्पाटा र गोत्रीबाट सेनाको हेलिकप्टरद्धारा एकै दिन २ जना सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ फयाल गाउँकी गिता बिक र जगन्नाथ गाउँपालिका वडा न ५ बेहरडाडा गाउँकी २१ बर्षिया श्रृजना शार्कीको एकै दिन उद्धार गरिएको हो ।

साप्पाटा फयाल गाउँकी गिताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राप भएका कारण गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने भएका कारण हेलीकप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बिश्वकर्माले बताउनुभयो । चौथो सन्तानका रुपमा छोरोको जन्म दिएकी ३५ बर्षीया बिकको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।

त्यसै गरि बाजुरा गोत्रीकी श्रृजनाको माघ १५ गते देखीको लामो ब्याथा लागेको र पहिलो गर्भवती भएकीले पाठेघरको मुख नखोलीदा समस्या भएको कारण उनलाई पनी हेलिकप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायीका स्वास्थ्य ईकाइका प्रमुख अमर बुढाले जानकारी दिनुभयो । पाठेघरको मुख नखुलेको र दुखाई बढि भएकोले गाउँमा उपचार सम्भव नभएपछि उनलाई पनी उपचारका लागि नेपागंज स्थित कोहलपुर मेडिकल कलेजमा लगिएको डा. बिश्वकर्माको भनाई छ ।
गोत्रीमा केही महिना अगाडीमात्रै उच्च रक्तश्रापका कारण एक जना सुत्केरीको मृत्यू समेत भइसकेको छ । गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा खवर पाईसकेपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको सहयोगमा दुबै जना सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बतनउनुभयो ।

शुक्रबार दिउँसो स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जीवी शाही र जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले खवर गरे लगत्तै आफुले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलीकप्टर पठाएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनुभयो ।
यहाँका ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु अक्सर जोखिममा हुने गरेका छन् ।

नियमित स्वास्थ्य जाँच नगर्ने, स्वास्थ्य संस्थामा पनि आवश्यक औषधी र जाँच उपकरण अभावका कारण यस्ता महिलाहरुले समयमै उपचार पाउन सकिरहेका छैनन् । यही कारण कतिपयको अकालमा ज्यान नै जाने गरको छ । सुत्केरी तथा जटिल खालका विरामीलाई सुविधा सम्पन्न ठाँउमा रेफर गर्नु वाहेक विकल्प नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सम्बन्धित खवर