कञ्चनपुरमा धमाधम छाउगोठ भत्काइदै

कञ्चनपुरमा धमाधम छाउगोठ भत्काइदै

कञ्चनपुरमा धमाधम छाउगोठ भत्काउन थालिएको छ । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टोलीले छाउगोठ भत्काउने अभियान अन्तर्गत कञ्चनपुरमा दुई सय २० वटा छाउगोठ भत्काएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिका र पुर्नवास नगरपालिकामा छाउगोठ भत्काइएको छ ।
स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधिको सहभागीतामा जिल्लाभरीका दुई सय २० छाउगोठ भत्काइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले जानकारी दिए ।
उनले अभियानको पहिलो चरणमा छाउगोठहरु भत्काउने काम सम्पन्न भएको बताउँदै फेरि पनि छाउगोठ बनाएको भेटिए कानुनी कारवाही गरिने बताए ।
कञ्चनपुरमा यसअघि पनि गैरसरकारी संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाएका थिए ।

सम्बन्धित खवर