सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तर्गत गडौली पुलमा शनिबार बिहान प्रदेश २–०२–००१ प २५१० न.को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

सम्बन्धित खवर