कोरोना भाइरस ः डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

कोरोना भाइरस ः डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ ।
चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
‘यो घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन कि अन्य देशमा के भइरहेको छ भन्ने हो,’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमले भने ।
बिभिन्न भाइरसका संक्रमणले विश्वव्यापी संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

सम्बन्धित खवर