एघार बर्षिया बालिका बलात्कारपछि हत्या गर्नेलाई जीवन भरि जेल सजाय

एघार बर्षिया बालिका बलात्कारपछि हत्या गर्नेलाई जीवन भरि जेल सजाय

विराटनगर महानगरपालिका ८ की ११ वर्षीया बालिका रुपमती दासलाई अपहरण गरि सामुहिक बलात्कार गरेर हत्या गर्ने २५ बर्षिय अब्वास अन्सारी र १९ बर्षिय चन्दु महतोलाई अदालतले जीवनभरि (बाँचुञ्जेल) कैद सजाय गर्ने फैसला सुनाएको छ ।
बिहिबार जिल्ला अदालत मोरङका न्यायधिश तेजबहादुर खडकाको इजलासले रुपमतीमाथि भएको बलात्कार र हत्या कसुरलाई जघन्य ठहर गर्दै छिमेकी समेत रहेका अभियुक्त्तलाई बाँचुन्जेल जेलमा राख्ने फैसला सुनाएको हो ।
अदालतले बालिकाको परिवारलाई अभियुक्त्तहरुबाट जनही ५० हजार क्षतिपूर्ती भराउन पनि फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।
अदालको आदेश अनुसार हाल पुर्पक्षकालागि हिरातसमा रहेका दुबै अभियुक्त्तले फौजदारी अपराध संहिता २०७४ को दफा ४१ र दफा १७७ को उपदफा २ अनुसार जिवित रहेसम्म जेलमा बस्नुपर्ने छ ।
अभियुक्त्त अब्बास र महतोले १२ माघ २०७५ मा छिमेकमा साँझ टिभी हेर्न गएकी बालिका रुपमतिलाई अपहरण गरि मुख थुनेर सामुहिक बलात्कार गरेर हत्या गरि शव फालिदिएका थिए । रूपमतिको शव १३ माघ दिउँसो घर नजिकैको सिँघिया खोलामा नग्न अवस्थामा फेला परेको थियो ।
मोरङ प्रहरी , प्रदेश अनुसन्धान व्यरोको १७ दिनको लामो अनुसन्धापछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अदालतमा जवस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो ।

सम्बन्धित खवर