रुखबाट लडेर घाइते भएका झमक बहादुर बस्नेतको उपचारको क्रममा मृत्यु

रुखबाट लडेर घाइते भएका झमक बहादुर बस्नेतको उपचारको क्रममा मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ३ नयाँ टोल बस्तीका ४० वर्षिय जीवन भन्ने झमक बहादुर बस्नेत बुधबार विहान रुखबाट लडेर घाइते भएका थिए ।
बेलका नगरपालिका ९ सेती खोलाको जंगलमा गाई बस्तुलाई घास काट्न जाँदा हङ्रायोको रुखबाट लडेर घाइते भएका थिए । घाइते बस्नेतको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर