पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. ८ को ३० लाखको योजना सुरु भएको छ । वडाको सबैभन्दा ठुलो रकमको योजनामा यो आर्थिक वर्षका लागि बतासेली चौकबाट मिलन चौक सम्मको सडक परेको छ । सो सुडकको विहिबार वडा अध्यक्ष बाबुराम दाहालले सिल्यान्यास गर्नुभयो ।
वडाले बिनियोजन गरेको ३० लाखको बजेट मध्ये २२ लाख ९५ हजारमा ठेक्का लागेका दाहालले जानकारी दिनुभयो । १० मिटर अर्थात ३३ फुट चौडाइ र २१ सय मिटर लम्बाइको सो सडकलाई एकनम्बर ग्राभेल गरिने भएको दाहालले जानकारी दिनुभयो । सडक ग्राभेल गरेर ग्रेडिङ गरी रोलर लगाउने सम्झौता भएको दाहालले जानकारी दिनुभयो । सो सडकको जिम्मा पथरीको बाविल कन्ट्रकसन सप्लायर्सले पाएको छ । यहि आर्थिक मसान्त सम्ममा काम सकेर जिम्मा लगाइने काविल कन्ट्रक्सनका संचालक भुवन थापाले जानकारी दिनुभयो । सो योजनाका लागि विनियोजन भएको रकमबाट ठेक्का लागेर बचेको रकम अर्को सडकका लागि खर्च गर्ने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।