बंगलादेशीको हत्या आरोपी मिया पक्राउ

बंगलादेशीको हत्या आरोपी मिया पक्राउ

बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी १ जना पक्राउ परेका छन् ।
अहमदको हत्या गरी फरार रहेको भनिएका दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गएराति नै काठमाडौंतर्फ ल्याइएको छ ।
नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलन गरेर बंगलादेशी नागरिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।
पेसाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी मियासँगै नेपाल आएका थिए । अहमद र दुला मियाले सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए ।
तर त्यहीँ अहमदको हत्या भएको थियो । घटनाको १ दिनपछि यसबारे अनुसन्धान थालेको प्रहरीले हत्या आरोपित मियालाई नियन्त्रणमा लिन सफल भएको हो ।

सम्बन्धित खवर