शहीदहरुको त्याग र बलिदानीबाटै गणतन्त्र स्थापना ः राष्ट्रपति भण्डारी

शहीदहरुको त्याग र बलिदानीबाटै गणतन्त्र स्थापना ः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदहरुको त्याग र बलिदानीको प्रतिफलस्वरुप मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएकी छिन्।
शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त उपलब्धीको रक्षा गर्दै समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्न सकेमा शहीदहरुप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेकी छिन्।
आजको दिनले सबै राजनीतिक दल, तथा सम्बद्ध सबैलाई नेपाल र नेपालीको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदहरुको सपना साकार पार्न समर्पित हुने हौसला प्रदान गरोस् भनी राष्ट्रपतिले कामना गरेकी छिन्।

सम्बन्धित खवर