३ करोडको लगानीमा पथरीमा साल्पा होटल, के के छन् सुविधा ?

३ करोडको लगानीमा पथरीमा साल्पा होटल, के के छन् सुविधा ?

पथरी, भ्रमण वर्षलाई लक्षित गरेर नयाँ नयाँ होटल व्यवसायहरु खुल्ने क्रम बढेको छ । यसै क्रममा मोरङको पथरीमा पनि भिआइपी सुरक्षा सहितको साल्पा होटल संचालनमा आउने भएको छ । साल्पा होटल प्रा.लि.ले माघ १६ गते सरस्वती पुजाको अवसरमा साल्पा होटलको औपचारिक उद्घाटन गर्ने संचालक अशोक राईले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गबाट १ किमी दक्षिण बुद्धचौकमा संचालनमा ल्याइएको होटलका लागि ३ करोड लागत स्टीमेट गरिएको राईले जानकारी दिनुभयो । हाल सम्म २ करोड ५० लाख लगानी भइसकेको र अझै हहोटल व्यवस्थापनका लागि बाकीँ रहेका स्थानमा खर्च गरिने राईको भनाइ छ । १६ गते विहान १० बजेबाट सुरुहुने औपचारिक उद्घाटन कार्यक्रममा सबैलाई सरिक हुन समेत राईले निमन्त्रणा गर्नुभएको छ ।
२ कठ्ठा १४ धुर जग्गामा निर्माण गरिएको होटलमा हाल १२ वटा सुविधा सम्पन्न लक्जरियर्स कोठा रहेको राईले जानकारी दिनुभयो । हाल एकदिनमा ४० देखि ५० जना सम्मलाई भिआइपी आगमनलाई विशेष सुरक्षा समेत प्रबन्ध गरिएको राईको भनाइ छ ।

के के छन् साल्पा होटलमा सुविधा ?

– पारिवारिक वातावरण
– एसी सहितका एटेज रुमहरु
– ग्राहकको इच्छा अनुसारका माछा, मासु (बटाइ, लोकल, बोइलर कुखुरा, बंगुर, खसी, बोका)का परिकारहरु
– स्वच्छ तरिकाले बनाइएको सेकुवा
– ग्राहकको माग अनुसार वाचिपा (तिते) को व्यवस्था
– काचोँ मासु जोखेर सेकुवा बनाएर इच्छा अनुसार खाने व्यवस्था
– थोरै बजेटका लागि सानो मिनिहल
– सामान्य कार्यक्रमहरुका लागि स्टेज
– वाटर फाउन्डेसन
– बालबालिकाका लागि फोटो खिच्ने प्रसस्त ठाउँहरु

यस बाहेक पनि अन्य थुप्रै सुविधाहरु रहेको संचालकको भनाइ छ । १५ जना सम्मको समुहमा आउनेलाई कमन रुमको व्यवस्था समेत गरिएको छ । मठ मन्दिरमा पुजा आजाका लागि आउनेहरुका लागि आफैले घरबाट ल्याएको सामाग्री पकाएर खाने र बस्नै छुट्टै व्यवस्था गरिएको राईले जानकारी दिनुभयो । प्रत्येक हप्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने राईको भनाइ छ ।

सम्बन्धित खवर