अन्जन विष्ट उत्कृष्ट प्रदर्शनमा मनाङको सानदार जित

अन्जन विष्ट उत्कृष्ट प्रदर्शनमा मनाङको सानदार जित

मनाङ मर्स्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ ।

खेलकाे सातौं मिनेटमा अन्जन विष्टकाे प्रहार डिफ्लेक्ट भएपनि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाए । लगत्तै मासाउके इटिग्नेकाे क्रसलाई मनाङका गोलरक्षक दिप कार्कीले बचाए । १५अौं मिनेटमा कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा सुवास गुरुङको प्रहारलाई गाेलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।

४२अौं मिनेटमा लुइस भिडालकाे क्रसमा अन्जन विष्टकाे प्रहारलाई अमित तामाङले आफ्नै पोस्टमा गोल गर्न पुग्दा मनाङले खेलमा अग्रता बनायोे । लगत्तै अन्जन विष्टले वान भर्सेस वानमा गोल गर्दै मनाङलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । डिफेन्डर रोमन लिम्वुकाे गल्तीमा अन्जनले गोलरक्षकलई विट गर्दै गोल गर्न सफल भए ।

७३अौं मिनेटमा निशान लिम्वुले गोल गर्दै मनाङलाई खेलमा ३-० को अग्रता दिलाए । बिमल रानाकाे क्रसमा अमित तामाङले हेडिङ प्रयास गरेपनि नभेटेको बललाई निशानले नियन्त्रणमा लिदै गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएकाे थियाे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मनाङका मिडफिल्डर अन्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।

यस जितसँगै मनाङ ९ खेलमा १९ अंक जोड्दै लिग तालिकाको शीर्ष ३ मा प्रवेश गरेको छ ‌। संकटा १२ अंकसहित आठौं स्थानमा छ ।

सम्बन्धित खवर