लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ

प्रहरीले लागुऔषधसहित मोरङको लेटाङ नगरपालिका ८ जाँतेबाट मंगलबार साँझ एक युवालाई पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका ५ का २४ वर्षीय रेसम राईलाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए ।
उनकाअनुसार राईका साथबाट एक सय चार पिस स्पायस ट्याब्लेट र ९४ पिस ररिमाडोल ट्याब्लेट बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर