इभान राकिटिक अनुबन्ध गर्ने योजनामा युनाइटेड

इभान राकिटिक अनुबन्ध गर्ने योजनामा युनाइटेड

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिक अनुबन्ध गर्ने योजना बनाएको छ ।

‘ईएसपीएन’का अनुसार क्रोएशियन खेलाडी राकिटिक भित्र्याउनका लागि युनाइटेडले आन्तरिक छलफल सुरु गरेको छ ।

३१ वर्षीय राकिटिक सन् २०१४ बाट बार्सिलोनामा खेलिरहेका छन् ।

तर, २०१८ को विश्वकपमा आफ्नो राष्ट्र क्रोएशियालाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका निभाएका राकिटिक बार्सिलोनाको पहिलो रोजाइमा पर्न असफल भइरहेका छन् ।

पहिलो रोजाइमा स्थान बनाउन संघर्षरत उनले केही समयअघि क्लब छोड्न सक्ने मनसाय पनि व्यक्त गरेका थिए ।

सेभिल्लाका पूर्वखेलाडी राकिटिकले पुनः पूर्वक्लब नै फर्किने आफ्नो विचार राखेका थिए ।

तर, यसैबीचमा युनाइटेडले उनीप्रति इच्छा देखाएको छ ।

आफ्ना स्टार खेलाडीद्वय पल पोग्बा र स्कट एमसीटोमिने घाइते भएपछि युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्जायरले मिडफिल्डरमा राकिटिक भित्र्याउन लागिपरेको ईएसपीएनको दाबी छ ।

राकिटिक र बार्सिलोनाको सम्झौता २०२१ सम्मको छ ।

सम्बन्धित खवर