कोरोना भाइरसको संक्रमण फैलिने डरले रसुवागढीको नाका बन्द

कोरोना भाइरसको संक्रमण फैलिने डरले रसुवागढीको नाका बन्द

कोरोना भाइरसको संक्रमण आउने डर भएपछि रसुवागढी नाका आज (बुधबार)बाट १५ दिनसम्म बन्द हुने भएको छ ।
मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीको बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिने विषयमा छलफल भएको थियो
बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङ जाने सडकमा हिउँपरेको तथा ढुंगा खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्नु पर्ने निर्णय गरेको छ ।
यसैबीच काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाइएको छ ।

सम्बन्धित खवर