आर्मी लिग तालिकाको शीर्ष स्थानमा

आर्मी लिग तालिकाको शीर्ष स्थानमा

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । कप्तान भरत खवासको निर्णायक गोलसँगै आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

७४अौं मिनेटमा कप्तान भरत खवासकाे गोलमा आर्मीले खेलमा अग्रता बनायो । टेक बहादुर बुढाथोकीको पासमा भरतको हाफ भली प्रहार टप कर्नरमा उत्कृष्ट गोलमा परिणत भएको थियो ।

यस जितसँगै आर्मीले ९ खेलमा २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ । जावलाखेल १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर