महेन्द्र मोरङ क्याम्पसमा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न ।

महेन्द्र मोरङ क्याम्पसमा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न ।

माघ १४, मोरङ ।
नजिकिदै गरेको स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियू महेन्द्र मोरङ क्याम्पस विराटनगरले अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण तथा कार्यकर्ता भेलाले सबै विद्यार्थीहरुलाई आगमी फगुन १४ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा एकतावद्ध भएर लाग्न थप हौसला मिल्ने गरी उत्त कार्यक्रम संचालन गरिएको हो ।

अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोग अध्यक्ष भाष्कर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू केन्द्रिय सदस्य गोकर्ण घिमिरे, ताजिम अन्सारी, निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहेत्ता, अनेरास्ववियू मोरङ जिल्ला संयोजक सन्तोष घिमिरे, सहसंयोजक टेकेन क्ष्ोत्रि, विद्यार्थी नेता धर्मेन्द्र ऋषिदेव लगाएत अन्य विद्यार्थी नेताहरुको उपस्थितिमा महेन्द्र मोरङ क्याम्पसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै निर्वाचन आयोग अध्यक्ष भाष्कर खनालले आगमी फागुन १४ मा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा डटेर लाग्न सबै विद्यार्थीहरुलाई निर्देशन दिनुभयो । निर्वाचन आयोग अध्यक्ष खनालले अबको स्ववियू निर्वाचनको एजेन्डा रोजगारमुखी शिक्षा भएको बताउनुभयो ।” सामुदायिक हुन या आंगिक सबै क्याम्पसमा २०५ छात्रवृत्ति अनिवार्य लागु हुनुपर्छ ।” खनालले भन्नुभयो ।

व्यक्तिगत स्वार्थलाई छाडेर संगठनको हितका निम्ति सबै विद्यार्थी एकजुट भई लाग्नु पर्नेमा अनेरास्ववियू केन्द्रिय सदस्य ताजिम अन्सारीले जोड दिनुभयो । विद्यार्थीको हक हित अधिकारको सबालमा सधैँ अनेरास्ववियू अग्रपंतिमा रहेका कुरा अन्सारीले स्पष्ट पार्नुभयो ।

 

 

सम्बन्धित खवर