राजनीति सँगै कृषिमा अघि बढ्दै विद्यार्थी नेता (फोटो फिचर)

राजनीति सँगै कृषिमा अघि बढ्दै विद्यार्थी नेता (फोटो फिचर)

माघ, १४, उदयपुर

भनिन्छ– ‘मिहिनेत गर्ने हो भने असम्भव केहि छैन्, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ।’

जुन व्यक्ति उत्पादनको क्षेत्रमा भन्दा नेताहरुको चाकडी प्रचारमा तथा ठेक्कापट्टा तिर लागेर गुजारा चलाउने धन्दामा संलग्न हुन्छ। या त अन्य विद्यार्थीहरु झै अन्त्यमा केही सीप नलागेर विस्तारै देशलाई गाली गर्दै विदेश पलायन हुने गर्दछ।

यसै विचमा उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा स्थाई घर भई (अनेरास्ववियू) जिल्ला संयोजक समेत रहेका युवा विद्यार्थी नेता बिमल कार्की भने राजनीति सँगसँगै उत्पादनको क्षेत्रमा पनि सक्रिय हुने भन्दै व्यवसायिक कृषि पेसामा संलग्न भएका छन्।

यसका लागि उनले आफ्नै घर अगाडि करिव २ विघा जमिनमा व्यवसायिक तरकारी खेति लगाएका छन। जमिन लिजमा लिदा बर्षको असि हजार र्तिनु परेको कार्कीले बताए।

जसमा उनले सिजन अनुसार मौसमी तथा बेमौसमी टमाटर, काउली, बन्दा, भिन्दी, भान्टा, खुर्सानी, बोडी लगायतकाको खेती सुरु गरेका छन्। कार्की सँगै घर परिवारका सबै जना कृषि कर्ममा लागेका छन्।  ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यहि नै उत्पादन गरेर खान पाएको छु, आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने गरेको छ।’ कार्की भन्छन्।

हाल मासिक ३०–४० हजारसम्म आम्दानी हुने गरेको बताउने उनी आफ्नो कृषि फर्मलाई अझ विस्तार गर्ने योजनामा रहेकाे बताए । उनले भने “आफु मात्र आत्मानिर्भर भएर संगठन नचल्ने भन्दै जिल्लाका आफ्ना युवा विद्यार्थी साथिहरुलाई पनि समेटेर तत्काल ७ विघा जमिनमा कृषि खेती गर्न लागेको बताए।”

उनी विदेशमा रगत र पसिना बगाएर २० र ३० हजार कमाउन भन्दा स्वदेशमै व्यवसायिक कृषि कर्ममा लागेर आत्मनिर्भर हुन युवाहरुलाइ सुझाव दिन्छन्। उनले भने “पछिल्लो समय नेपालको राजनीति इमान्दार पार्टीका कार्यक्रता भन्दा पनि ठुल्ठुला ब्यापारीहरुको कब्जामा रहेकोले सामान्य कार्यक्रताले चुनावमा टिकेट पाए पनि चुनावमा उठ्न निकै कठिन भएको बताउँ छन्।

चुनाव महङो भएकोे र पार्टिका नेता कार्यक्रताहरु व्यापार, व्यवसाय भन्दा पनि ठेगापट्टा तिर लागेकोले भ्रष्टाचार मौलाउनुका साथै नियन्त्रण गर्न कठिने भएको उनले गुनासो गरे।”


उनले जिल्ला कृषि ज्ञान केन्दको कार्यालय उदयपुरमा केही अनुदानको लागि समेत फर्म भरेका छन् तर अहिले सम्म अनुदान पाएका छैनन्। उनी ‘अनुदानको खासै आसामा नरहेका पनि बताउँ छन्।’ आफ्नो तरकारी फर्म बाट दैनिक सय के.जि. भन्दा माथि तरकारी बिक्री हुने गरेको उनले बताए।

यति बेला कार्कीको फर्ममा सबै भन्दा बढि टमाटर रहेको र दैनिक ८० के.जि. सम्म बिक्रि हुने गरेको छ। सुरुमा कृषि पेसा गर्छु भन्दा साथिभाईहरुले जिस्क्याउने गरेको र घरमा पनि बुवा–आमालाई फकाउन निकै गाह्रो परेको उनले सुनाए।

  

         

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर