चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका सुकबहादुर सुनारका १० वर्षीय छोरा इसक सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
सोमबार साँझ करिब साढे छ बजे बिहे भोज खाएर आमासँग घरतर्फ फर्कँदै गरेका बालकलाई चितुवाले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए ।
आमा अलिकति अगाडि हिँडिरहेको र बालक बीचमा तथा अन्य स्थानीय पछाडि रहेको स्थानीयवासी बताउँछन् । बीच भागमा भएर हिँडिरहेको बालकलाई चितुवाले अचानक आक्रमण गरी घिसारेर लगेको उनीहरुले बताए । बालकसँगै आएका अन्य स्थानीयवासीले चिच्याएपछि करिब १०० मिटर पर लगी छाडेर चितुवा भागेको उनीहरुको भनाइ छ ।
चितुवाको आक्रमणबाट दुई वर्षको अवधिमा जिल्लामा नौ बालबालिकाको ज्यान गएको छ ।

सम्बन्धित खवर