गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
शिक्षक तारा कार्कीले सिराहा नगरपालिका–२ का कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्दा बाँया हात भाँच्चिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी इन्चार्ज डिएसपी सन्तु जैसवालले कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए ।

सम्बन्धित खवर