गमला बनाएर मासिक ५० हजार कमाई

गमला बनाएर मासिक ५० हजार कमाई

झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उनले गमला बनाएर नै घर धान्नुभएको छ ।
गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउने गरेकी छिन् ।
गमलाको माग बढेपछि उनीसहित उनका पति रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्किन्छन् । सावित्राको परिवारले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् ।
ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।
पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य ३० रुपैयाँ हो ।
बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई ३० रुपैयाँमा बिक्री गर्छन् ।
एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा २ हजार गमला बिक्री गर्छन् ।
एक सातामा १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई ६० हजार रुपैयाँ हुने गरेको छ ।
पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षौदेखि जीवन निर्वाह गर्दै आएका छन् ।

सम्बन्धित खवर