प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ मा

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ मा

प्रदेश १ सरकारले माघ २३ गते हिउँदे अधिवेशन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ २३ गते दिउँसो ३ बजेका लागि हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बैठक आह्वान गर्ने प्रावधान छ । हिउँदे अधिवेशनबाट नै प्रदेश सरकारले प्रदेशको नामको टुंगो लगाउने तयारी गरेको छ ।
बैठकले हिउँदे अधिवेशनमा पाँच वटा विधेयकलाई प्रदेशसभामा पेस गर्ने सैद्धान्तिक सहमति दिएको छ । प्रादेशिक औद्योगिक व्यावसाय सम्बन्धी विधेयक, प्रदेश वन विधेयक, प्रदेश बातावरण संरक्षण सम्बन्धमा व्यावस्था गर्न बनेको विधयेक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा गर्न बनेको विधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने अनुमति दिएको हो ।
यस्तै, बैठकले मुख्यमन्त्री शेरधन राईको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा महेन्द्र गुरुङ र आइटी विज्ञमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर