विश्व शानतीका लागि खाकी बाबा तपोस्थलमा शिव शक्ति महायज्ञ, यज्ञको तयारी अन्तिम चरणमा

विश्व शानतीका लागि खाकी बाबा तपोस्थलमा शिव शक्ति महायज्ञ, यज्ञको तयारी अन्तिम चरणमा

नरेस कुमार लाभ, विराटनगर

विश्व शान्तिका लागि खाकी बाबाको तपोस्थल मानिएको रामजानकी मन्दिरमा शिव शक्ति महायज्ञ लाग्ने भएको छ । यज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । माघ १८ गते देखि २६ गते सम्म संचालन हुने महायज्ञका लागि अवश्यक टेण्ड, पण्डाल, यज्ञ कुण्ड (मन्दिर) निर्र्माणको अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुर्यलाल यादवले जानकारी दिनुभयो ।

विराटनगर १३ मा रहेको रामजानकी मन्दिरमा प्रत्येक ५/७ वर्षमा विभिन्न यज्ञहरु लाग्दै आएको र यो वर्ष शिव शक्ति महायज्ञ लगाउने तयारी भएको यादवले जानकारी दिनुभयो । यज्ञमा नेपाल र भारतबाट लाखौँको संख्यामा भक्तजनहरु आउने भएकाले सबैलाई अटाउनका लागि व्यवस्थापनको काम भइरहेको छ । ९ दिन सम्म चल्ने महायज्ञमा रामलिला तथा विभिन्न भगवानका झाकीहरु पनि देखाइने यादवले बताउनु भयो । १८ गते कलश यात्रा भएकाले तिव्रगतिमा तयारी भइरहेको यादवको भनाइ छ ।

महायज्ञका लागि करिब १० लाख लागत अनुमान गरिएको समितिका कोषाध्यक्ष शंकर थापाले बताउनुभयो । सो रकम विभिन्न ठाउँहरुमा सहयोग संकलन गरेर, दाताहरुबाट जुट्ने सहयोगबाट व्यवस्थापन गरिने थापाको भनाइ छ । मन्दिर व्यवस्थापन समितिले व्यवस्थापनको जिम्मा लिएको र महायज्ञका लागि सबैकुराहरु यज्ञकर्ता भारतबाट आएका बाबाजीहरुबाट नै हुने थापाको भनाइ छ ।

भारतका विभिन्न स्थानहरुमा एकसय शिव शक्ति महायज्ञ सम्पन्न गरेको र अव १०१ महायज्ञ राम जानकाी मन्दिरमा गर्न लागेको आयोजकले जानकारी दिए । शिव शक्ति महायज्ञ नेपालमा पहिलो भएको पनि आयोजकको भनाइ छ । महायज्ञका लागि वाराणसी (वनारस) बाट ‘‘श्री श्री १०८ संत शिरोमणि सिद्धि महाकाल मौनी बाबा’’ आउनुभएको छ । ४० वर्ष देखि नबोलीकन मौन रहनुभएकाले उहाँको नाम मौनी बाबा रहेको उहाँका चेलाहरुले जानकारी दिए । प्रवचनका लागि पनि वाराणसीबाट आचार्य संजय झा आउने आयोजकले जानकारी दिएको छ ।

वि.सं. २००७ सालमा भारतमा खाकी बाबा आएर तपस्या गरेकाले गर्दा हाल रामजानकी मन्दिर भएको स्थानलाई खाकी बाबा तपोस्थल भन्ने गरिन्छ । त्यस समयमा जंगल र बाँसघारी रहेको थियो । खाकी बाबाको मृत्यु पश्चात सो क्षेत्रमा समय समयमा नेपाल तथा भारतबाट बाबाहरु आउने गरेका छन् ।

सम्बन्धित खवर