सभामुख सापकोटाबिरुद्धको मुद्दा आज सुनुवाई हुँदै

सभामुख सापकोटाबिरुद्धको मुद्दा आज सुनुवाई हुँदै

प्रतिनिधिसभाका नवनिर्वा्चित सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज (मंगलबार) सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सोमबारदेखि सुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ ।
सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न÷नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन् ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।

सम्बन्धित खवर