युभेन्टस नेपोलीसँग २–१ ले पराजित

युभेन्टस नेपोलीसँग २–१ ले पराजित

इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेलु टोली नेपोलीसँग २–१ ले पराजित भएको हो ।

 

हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर १०औं स्थानमा छ । नेपोलीको मैदानमा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा गोल गर्दै घरेलु टोली नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो इनसिग्नीले जोसे मारिया कालीजोनको पासमा भली गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा रोनाल्डोले गोल गरेपनि युभेन्टसले हार टार्न सकेनन् । रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस नेपोलीसँग २–१ ले पराजित हुन पुग्यो ।

अर्काे खेलमा इन्टर मिलान घरेलु मैदानमा काग्लिएरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टरले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । इन्टरका लोउटारो मार्टिनेजले २९औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा राड्जा नेइनगोलानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयमा मार्टिनेज दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इन्टर १० खेलाडीमा समेटियो । बराबरीपछि मिलान २१ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थनमा यथावत छ । काग्लिएरी ३१ अंक जोडेर छैटौं स्थानमा छ ।

सम्बन्धित खवर