त्रियुगा नगरपालिका ३ मा ८२ जनालाई सिरक वितरण

त्रियुगा नगरपालिका ३ मा ८२ जनालाई सिरक वितरण

उदयपुर ।

जिल्लाको त्रियुगा नगरपालिका ३ नं. वडा कार्यालयले वडा भित्र रहेका दलित, जेष्ठ नागरिक, असहाय, विपन्नवर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट बच्न सिरकहरु वितरण गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रमका बीच ८२ जनालाई सिरक वितरण गरिएको हो ।

वडा कार्यालयले दलित, जेष्ठ नागरिक, अति विपन्न वर्ग, फरक क्षमता भएका (अपाङ्गता) भएका व्यक्ति, एकल महिलालाई एकवटा सिरक वितरण गरेको हो ।

नेमन वत्ती सदाले भनिन्, ‘हामी जस्ता असहाय, गरिव, दीन दुःखीका लागि वडा कार्यालयले गरेको यो कार्य निकै राम्रो भएको छ, यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनु पर्छ ।’वडा कार्यालयको एक लाख रकमबाट ८२ जनालाई सिरक वितरण गरिएको वडाध्यक्ष अवधेश प्रसाद चौधरीले बताए । उनका अनुसार गत वर्ष न्यानो कपडा ब्लाङ्केट वितरण गरिएपनि यस वर्ष सिरक बनाएर वितरण गरिएकोले ढिलो भएको बताए । उनले आगामी वर्ष छुटेकाहरुलाई पनि सिरक वितरण गरिने बताए । वडाध्यक्षले अपाङ्गता भएकालाई ह्विल चिर वितरण गर्ने समेत बताएका थिए ।

 

सम्बन्धित खवर