मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे हेडर पाेस्टबाट थोरै बाहिरियाे । ३३अौं मिनेटमा आन्द्रियस नियाकाे प्रहार बाहिरियाे ।
३८अौं मिनेटमा रेजिन सुब्बाले गाेल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । रन्जित धिमालको फ्रिकिकलाई गोलरक्षक प्रिसोले पञ्च गरेपनि रेजिनले पेनाल्टी बक्सभित्रबाट गाेल गर्न सफल भएका थिए । रेजिन अर्का फरवार्ड दीपक राई घाइते भएपछि बेन्चबाट छिरेका थिए ।
४१अौं मिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसकेकाे बललाई कप्तान बिक्रम लामाले गोललाइनबाट बचाए ।
७८अौं मिनेटमा निसान खड्काकाे फ्रिकिकमा हम्जातकाे हेडर बाहिरिदा थ्रीस्टार बराबरीबाट चुक्याे । ८५अौं मिनेटमा सन्जाेक राईको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिए ।
निर्धारित समयको अन्तिम मिनेटमा विशाल राई ‘बी’ ले गोल गर्दै मछिन्द्रकाे जित पक्का गरे । बिजय धिमालकाे क्रसमा एडिलाजा सोमिडेले नभेटेकाे बललाई थ्रीस्टारका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा विशालले जाली चुमाएका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा आडेलाजाको हेडर बाहिरिँदा अग्रता बढ्न सकेन ।
जितसँगै शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ९ खेलमा १९ अंक भएको छ । १७ अंक जोडेको आर्मीले १ खेल कम खेल्दा मछिन्द्रले ६ जित, २ बराबर र १ हार बेहोरेको छ । अघिल्लो सिजन पुछारबाट दोस्रो रहेको कारण मछिन्द्रको १ अंक घटाइएको छ । यता थ्री स्टार ९ खेलमा १४ अंकसहित पाँचौ स्थानमा सिमित छ ।