बेलौरी , माघ १३
कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निर्माणाधीन कालिका ।मन्दिरको निर्माणका लागि बेलौरी नगरपालिका द्वारा दिइएको दशलाखको चेक नगर प्रमुख पोतिलाल चौधरीले आज हस्तान्तरण गरेकाछन ।
बेलौरीमा निर्माणाधीन मन्दिरका लागि नगरपालिकाले बिनियोजन गरेको उक्त बजेट सोमबार उपभोक्ता समितिका अध्यक्ष प्रकाशराज पन्तलाई मेयर चौधरीले चेक हस्तान्तरण गरेका हुन ।
करिब अढाइ करोडको लागतमा निर्माण गरिने उक्त मन्दिरका लागि शुक्रबार महाकाली बस ब्यबसायी समितिका अध्यक्ष डम्मर पन्तले बुबाको सम्झनामा २१ हजार आर्थिक सहयोग गरेका थिए । अमेरिका बस्ने दिपेन्द्र सुनारको पहलमा दिपक चन्द , बिष्णु शाह ,दुर्गा शाही , दिपक पोखरेल ,कुशल बस्नेत , अर्जुन कुमार र किर्ता शाहिले ७२ हजार आर्थिक सहयोग गरेका छन् ।